अण्डाको माग बढ्दो, उत्पादन भने १५ प्रतिशतले गिरावट

 जेठ २०, २०७८ बिहीबार ९:५४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले अण्डाको माग बढ्दो छ । तर मागअनुसारको उत्पादन नहुँदा माग धान्न कठिनाइ भएको छ।

अहिले दैनिक २५ देखि ३० लाख वटा अण्डा उत्पादन हुने गरेको छ भने माग ३५ देखि ४० लाख वटासम्म रहेको छ । कोरोना सङ्क्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि अण्डाको उपभोग बढेकाले पनि माग बढ्दै गएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ । तर, रानीखेत र गर्मीमा लाग्ने रोगका कारण अण्डा उत्पादनमा भने कमी आएको छ ।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार अघिल्लो वर्ष ३५ देखि ४० लाख वटा अण्डा उत्पादन हुने गरेकोमा अहिले उत्पादनमा १५ प्रतिशतले गिरावट हो । अण्डाको माग अनुसार उत्पादन नभएपछि भाउ बढेको छ । कुखुरालाई दिने दानाको मूल्य बढेकाले अण्डाको पनि भाउ बढेको सङ्घका महासचिव प्रविन केसीले बताउनुभयो ।

दानाको मूल्य बढेकाले अण्डाको भाउ बढे पनि किसानले भने फाइदा लिन सकेका छैनन् ।  नेपाल कुखुराजन्य पदार्थमा आत्मनिर्भर रहेको छ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया