गाउँपालिका अध्यक्षका छाेराले चलाएकाे जीप दुर्घटना, लाइसेन्स पनि थिएन

 जेठ २१, २०७८ शुक्रबार १६:११:६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको बङ्गलाचुली गाउँपालिकाको जीप दुर्घटनामा परेको छ । घोराही-प्युठान सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका ४ पालुथानमा गाउँपालिकाको लु १ झ ६१६ नम्बरकाे जीप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीका छोरा प्रकाशले गाडी चलाएको र उनको सवारी चालक अनुमतिपत्र समेत नभएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाबाट घोराहीतर्फ आउने क्रममा गाडी दुर्घटनामा परेको हाे । गाडीमा रहेका चार जना नै सकुशल रहेकाे प्रहरीले जनाएकाे छ । 

जीप सडकदेखि पाँच मिटर तल खसेर रुखमा अड्किएको छ । गाडी तीव्र गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया