रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न चितवन जिल्...
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ६ सय ६३ जना निको भएसँगै नेपालमा ९७ हजार ६ सय ९९ जनामा झरेको हो । अहिलेसम्म नेपालमा चार लाख ७६ हजार एक सय ३० जना कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये झन्डै ३२ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार एक सय ८२ जनाको पीसीआर परीक्षण गर्दा चार हजार ६ सय २४ जना र ६ हजार ६ सय ३१ जनाको एन्टिजेन परिक्षण गर्दा दुई हजार २९ जना गरी ६ हजार ६ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ८१ हजार पाँच सय ६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा र यसअघिको विवरण प्राप्त भएको सहित थप एक सय एक जनाको काेराेनाका कारण ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार सात सय ३१ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।