अब पानामा नहर हुँदै जाने अमेरिकी जहाजले कुनै शुल्क तिर्न नपर्ने

 माघ २४, २०८१ बिहीबार १५:१०:३७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकाले अब आफ्ना जहाजहरू पानामा नहरबाट कुनै शुल्क नतिरी जान पाउने बताएको छ । अमेरिकी विदेश मन्त्रालयले पानामा नहर हुँदै जाने अमेरिकी जहाजहरूले कुनै शुल्क तिर्न नपर्ने र यसबाट अमेरिकाको प्रत्येक वर्ष करोडौं डलर बचत हुने बताएको हाे । अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा यसबारे जानकारी दिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्काे दबाबपछि अमेरिकी जहाजहरूले पानामा नहरबाट विना कुनै शुल्क पार गर्न अनुमति पाएका हुन् ।

अमेरिकी राष्ट्रपतिको शपथ लिएपछि डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भाषणमा पानामा नहर चीनले सञ्चालन गरिरहेको दाबी गर्नुभएको थियो । अमेरिकाले पानामा नहरमाथि चीनको प्रभाव र नियन्त्रण परिवर्तन हुनुपर्ने बताउँदै आएको छ ।

ट्रम्पले पानामा नहर हुँदै जाने अमेरिकी जहाजबाट लिइएको चर्काे शुल्कलाई उद्धृत गर्दै नहर फिर्ता लिने धम्की दिनुभएको थियो ।

पानामा नहर विश्वको सबैभन्दा महत्त्वपूर्ण जलमार्गहरूमध्ये एक हो । यसले प्रशान्त र एट्लान्टिक महासागरलाई जोड्छ र अन्तर्राष्ट्रिय व्यापारमा महत्त्वपूर्ण भूमिका खेल्छ । पानामाको पहाड काटेर कृत्रिम जलाशय बनाइएको नहरको लम्बाइ झन्डै ८२ किलोमिटर लामो छ ।

संयुक्त राज्य अमेरिकाले सन् १९०४ देखि १९१४ सम्म पनामा नहरको निर्माण गरेको थियो । हरेक वर्ष झन्डै १४ हजार वटा पानीजहाज यस नहर भएर यात्रा गर्छन् । तर सन् १९९९ मा पानामाले अमेरिकाबाट नहरको नियन्त्रण आफ्नो माताहत ल्याएको छ ।

यो नहर पानाको अर्थतन्त्रको मुख्य स्रोत हो । यसबाट पानामाले वार्षिक अर्बाैं डलर राजस्व उठाउँछ भने हजारौं पानामेली नागरिकलाई रोजगारी दिएको छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया