अर्घाखाँचीमा बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलका बिरुवा

 माघ २४, २०८१ बिहीबार १२:४५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – गाउँमा बाँदर नियन्त्रण गर्न भन्दै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० मा रहेको घाटाखोला, बेल्टारी सामुदायिक वनमा फलफूलका बिरुवा राेप्न शुरू भएको छ ।

उत्पादन दिने फलफूल लगाएर आम्दानी गर्न सकिने र गाउँमा बाँदर नियन्त्रण पनि हुने विश्वासले सामुदायिक वनमा फलफूलका बिरुवाहरू लगाउन थालेको घाटाखोला, बेल्टारी सामुदायिक वनका अध्यक्ष नारायण भट्टराईले बताउनुभयो ।

यस वर्ष जङ्गलमा दुई सयभन्दा धेरै म्यालका रुख, झन्डै चार सय नासपातीका बिरुवा रोपिएको कृषि प्राविधिक गणेशप्रसाद बञ्जाडेले बताउनुभयो । यस्तै गिठा, स्कुस, भ्याकुर, तरुललगायतका कन्दमूलका बिरुवाहरूसमेत लगाइएको छ ।

बाँदरले खान मिल्ने फलफूल वनमै हुँदा घर गाउँमा डुल्ने बाँदर वनमा रोकिने र खेतीपाती जोगिने अनुमान छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया