धादिङका धेरैजसो ठाउँमा आज ९ घण्टासम्म बत्ती जाने

 जेठ २२, २०७८ शनिबार ७:२७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धादिङका विभिन्न ठाउँमा आज बत्ती जाने भएको छ । देवघाट सब-स्टेसनको धादिङ वितरण केन्द्रअन्तर्गत ३३ केभी फिडरअन्तर्गत पर्ने बुद्धसिङघाट र केउरेनीमा सडक विस्तारको क्रममा केही पोलहरु सार्नुपर्ने भएकाले आज ९ घण्टा बत्ती जाने भएको हो । 

जहरे, धादिङबेँसी र सल्यानटारका सबै ठाउँहरुमा अहिले बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

आज थाक्रे, गल्छी, गजुरी, बेनीघाट रेराङ, सिद्धलेक, ज्वालामुखी, निलकण्ठ, नेत्रावती, त्रिपुरासुन्दरी, गंगाजमुना, आरुघाटलगायत ठाउँमा ९ घण्टासम्म बत्ती जाने भएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, चितवनकाे टाँडी वितरण केन्द्रको ११ केभी क्षमताको भण्डारा फिडरअन्तर्गतका क्षेत्रमा पनि आज ७ घण्टा बत्ती जाँदै छ ।

भण्डारा, लोथर, कोरक, कड्यौलीलगायत क्षेत्रमा मर्मतको काम गर्नुपर्ने भएको त्यस क्षेत्रमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया