‘सत्तामा जानकै लागि कांग्रेससँग टाँसिने कम्युनिस्टलाई कहिल्यै साथ दिन्नँ’

 जेठ २३, २०७८ आइतबार १९:४९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापालाई प्रदेश सभा सदस्य पदमा पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । पार्टीको निर्देशन नमानेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्यता र प्रदेश सभा सदस्य पदबाटै हटाएको थियो । तर आज न्यायाधीश कुमार चुडालको इजलासले थापालाई पार्टीले राजनीतिक दलसम्बन्धी कानुन र व्यावहारिक कारणले पदबाट हटाउन नसक्ने भएकाले पुर्नबहाली गर्न आदेश दिएको हो । 

आज अदालतले थापाको पद पुनर्बहाली गरिदिएसँगै गण्डकी प्रदेशमा फेरि पनि सरकार बन्न नसक्ने देखिएको छ । गण्डकीमा सरकार बन्न ३१ मत चाहिनेमा एमालेसँग २८ मत रहेको छ । कांग्रेस, माओवादी र जनमोर्चाको ३१ मत पुग्नका लागि आज पुनर्बहाली पाएका थापाले साथ दिनुपर्छ तर थापाले आफूले कुनै हालतमा पनि कांग्रेससहितको गठबन्धनलाई साथ नदिने  बताउनुभएको छ ।

 सम्बन्धित समाचार

उज्यालोसँगको कुराकानीमा थापाले आफ्नो पुरानो अडान कायमै रहेको र कुनै पनि हालतमा कांग्रेससँगको गठबन्धन मान्य नहुने बताउनुभयो । सत्तामा जान पाइयो भन्दैमा कम्युनिस्ट सिद्धान्त भुल्नेहरूलाई आफूले जवाफ दिएको थापाको भनाइ छ । 

‘हामी आफूलाई कम्युनिष्ट भन्ने, हाम्रा आफ्नै सिद्धान्त पनि छन्, कांग्रेसलाई हामीले वैचारिक रूपमा शत्रुजस्तै मानेका छौँ तर सत्तामा जान पाइयो भन्दैमा जुकाजस्तो टाँसिने प्रवृत्ति देखियो, त्यसलाई म कदापि साथ दिन्नँ’, प्रदेश सभा सदस्य थापाले भन्नुभयो । 

आफूलाई पद र पैसाको लोभ नभएको भन्दै उहाँले वैचारिक अडान नछाड्ने बताउनुभयो । कांग्रेसबाहेकको सरकार गठन हुन सक्ने अवस्था आएमा आफूले विचार गर्न सक्ने थापाको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

2 Comments

  • Shambhu Gautam

    June 7, 2021, 6:27 a.m.

    सत्तामा रहन जसपा संग जोदिनेलाई नी?

  •  0 Reply
  • तेन्जिङ्ग

    June 6, 2021, 8:03 p.m.

    ओई कृष्णे कती खाईस् ??

  •  0 Reply

तपाईको प्रतिक्रिया