साञ्जेन जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन शुरू
पुस २, २०८१ मंगलबार
काठमाण्डौ – प्रदेश-२ का एक मन्त्री र तीन राज्यमन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षका मन्त्री र राज्यमन्त्रीलाई हटाउनुभएको हो ।
जसपा संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाउनुभएको हो ।
पार्टीभित्र विवाद रहँदारहँदै केन्द्रमा महन्थ ठाकुर समूह राजेन्द्र महतोको नेतृत्वमा सरकारमा गएसँगै यसको असर प्रदेश-२ मा पनि देखिएको हो । महन्थ ठाकुर पक्ष केन्द्र सरकारमा सहभागी भए लगत्तै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव जनकपुर पुग्नुभएको थियो । त्यसलगत्तै संसदीय दलको बैठकले मुख्यमन्त्री राउतलाई प्रदेश संसदीय दलको नेता बनाएको हो ।
राउतलाई जसपाका ५५ सांसदमध्ये ३६ जनाको साथ रहेको छ । अब प्रदेश-२ सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई पनि सहभागी गराउने जसपा अध्यक्ष उपेन्द्र यादवको तयारी छ ।यसबारे शीर्ष नेताहरुबीच सहमति भइसकेको नेताहरुले बताएका छन् । प्रदेश-२ मा अहिले कायम रहेका १०४ सांसदमध्ये जसपाका ३६ सांसद राउतको पक्षमा छन् । कांग्रेसका १९ र माओवादीका ८ सांसद रहेका छन् ।
महन्थ ठाकुर समूहले सहयोग नगर्दा पनि कांग्रेस र माओवादी केन्द्रको साथ पाउँदा मुख्यमन्त्री राउतको पक्षमा ६३ सांसद पुग्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।