कर्णाली प्रदेश सभा बैठक स्थगित

 जेठ २४, २०७८ सोमबार १९:४५:३३ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश प्रदेश सभाको बैठक मङ्गलवार (भाेलि) दिउँसाे २ बजेसम्मका लागि स्थगित भएकाे छ । एमालेले फाैजदारी अभियाेगमा सजाय पाएका मन्त्रीलाई पदबाट बर्खास्त गरेपछि मात्रै बैठक चल्न दिने भनेर दाेस्राे पटक बसेकाे बैठक फेरि राेकिएपछि स्थगित गरिएकाे हाे । 

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा अदालतबाट फौजदारी मुद्दा पुष्टि भएर सजाए पाएका व्यक्ति भएकाले सरकारले तत्काल बर्खास्त गर्न एमालेले माग गरेको हो । 

एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकाले त्यो नसच्चाएसम्म सदन चल्न नदिने बताउनुभयो । उहाँले एमालेले सरकारलाई रचनात्मक सहयोग गर्ने तर राजनीतिक अपराधी सरकारमा संलग्न भएको मूकदर्शक भएर हेर्न नसकिने भन्दै तत्काल बर्खास्त गर्न माग गर्नुभयो । 

अन्तिम अपडेट: चैत २३, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया