अमेरिकाको कोलोराडोमा रोकिराखेको विमानमा आगलागी, सबै यात्रु...
चैत १, २०८१ शुक्रबार
रौतहट – लालबकैया नदीमा शनिबार बेलुकी डुंगा डुब्दा हराइरहेका ६ जना अझै भेटिएका छैनन् । हराइरहेकामध्ये २२ जना सम्पर्कमा आएका तर ६ जना अझै नभेटिएको प्रहरीले जनाएको छ ।
गौर नगरपालिका–४ का डुंगाका सहचालक ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पट्टेल र शान्ती देवी तथा इस्नास नगरपालिकाको औरहीका त्रिभुवन पटेलकी श्रीमती, डुम्बु पटेलको नातिनी र अर्का एकजना हराइरहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयबासिन्दा तथा नेपाल र भारतका सुरक्षाकर्मीले खोजी गरिरहेका छन् । ३ वर्षदेखि बन्न शुरु भएको पुलको निर्माण नसकिंदा स्थानीयबासिन्दा डुंगामा चढेर आवतजावत गर्न बाध्य छन् । खेतमा काम गरेर घर फर्कने क्रममा स्थानीयवासी चढेको डुंगा दुर्घटना भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।