कृष्ण थापाको पद खारेजीको मागको भ्याकेट निवेदनमा आज सुनुवाइ हुँदै

 जेठ २७, २०७८ बिहिबार ११:१३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पद खारेजीको माग गर्दै दर्ता भएको भ्याकेट निवेदनमा आज सुनुवाइ हुँदैछ ।

यसअघि जनमोर्चाले पार्टीको ह्वीप नमानेको भन्दै थापालाई हटाए पनि सर्वोच्च अदालतले पद थमौती गरिदिएपछि  सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभा सचिव हरिराज पोखरेल र राष्ट्रिय जनमोर्चा गण्डकीले भ्याकेट निवेदन दिएका थिए । भ्याकेट निवेदनको सुनुवाइ  न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा हुने भएको छ ।

थापाले कांग्रेस र माओवादीको गठबन्धनलाई साथ नदिने अडान लिएपछि गण्डकीमा विपक्षीको सरकार बन्न सकेको थिएन ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया