मलेसियामा लकडाउन थप दुई हप्ता थपियो

 जेठ २८, २०७८ शुक्रबार १७:२७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली श्रमिकको श्रम गन्तव्य देश मलेसियाले लकडाउनको समय थप दुई हप्ता बढाउने भएको छ ।

मलेसियाले जुन १५ देखि २८ सम्म लकडाउनको समय लम्ब्याउने निर्णय गरेको हो । मलेसियाले यसअघि तोकेको लकडाउनको समय जुन १४ देखि सकिँदै छ । मलेसियाका सिनियर मन्त्री दातुक सेरी स्मैल साबरी याकोबले शुक्रबार कोरोना सङ्क्रमण दर नघटेको भन्दै अहिले कायम रहेको लकडाउन थप दुई हप्ता लम्ब्याउने घोषणा गर्नुभएको हो । 

अहिले मलेसियामा दैनिक पाँच हजारभन्दा धेरै सङ्क्रमित थपिइरहेका छन् । हिजो बिहीबार मात्रै ६ हजार ८७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । लकडाउनको समयमा अत्यावश्यक बाहेक आर्थिक र सामाजिक गतिविधिमा मलेसियाले प्रतिबन्ध लगाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया