पहिरोले थुनिएको सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

 जेठ ३०, २०७८ आइतबार १३:५:३२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

फाइल फाेटाे

स्याङ्जा – पहिरो गएपछि आइतवार बिहान ६ बजेदेखि बन्द भएको सिद्धार्थ राजमार्ग अहिले एकतर्फी खुलेको छ । स्याङ्जा–पोखरा सडक खण्डको भालुपहाडमा बिहान ६ बजे पहिरो खसेपछि सडक बन्द भएको थियो ।

केहीबेर अघिदेखि भने सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दुईतर्फी सडक खुलाउने प्रयास भइरहेको छ ।

भालुपहाडमा सडकलाई चौडा पार्ने काम भइरहेकै बेलामा पहिरो खसेको हो । यो सडकले स्याङ्जा,पाल्पा, पोखरा र बुटवललाई जोडेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया