झापामा बिना खनजोत मकैखेती
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले कोरोना भाइरसविरुद्धको खोपको एक मात्राले पनि काम गर्ने हुँदा नआत्तिन आग्रह गरेको छ । ज्येष्ठ नागरिकले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा पाएको १२ हप्ता भइसक्दा पनि दोस्रो मात्रा नपाएको गुनासो बढिरहेका बेला सरकारले एक मात्राले पनि काम गर्ने हुँदा नआत्तिन आग्रह गरेको हो ।
खोपको पहिलो मात्रा लगाएको ६ महिनासम्म शरीरमा रोगसँग लड्ने क्षमता एन्टिबडी बन्ने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो । उहाँका अनुसार एक मात्रा मात्रै लगाएकाहरूलाई कोरोना भाइरसको सङ्क्रमण भइहाले पनि ज्यान जाने जोखिम कम हुन्छ ।
यस्तै उहाँले १८ वर्षभन्दा कम उमेर समूहकालाई कोरोनाविरुद्धको खोप अनुमति नदिएको भन्दै तोकिएको उमेर समूहलाई मात्रै खोप लगाउन आग्रह गर्नुभएको छ । गम्भीर बिरामी परेका, ज्वरो आएका तथा कोरोना भाइरसको सङ्क्रमण भएकालाई खोप नलगाउन उहाँको सुझाव छ । ज्वरो निको भएपछि भने खोप लगाउन सकिन्छ ।
यस्तै कोरोना सङ्क्रमण भइ निको भएको एक महिनापछि खोप लगाउन हुने उहाँले बताउनुभयो ।
नेपालले थप खोप खरिदका लागि लगातार प्रयास गरिरहेको पनि खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो । केही समयभित्रै खोप आउने आश्वासन आएकाले ढिलो चाँडो खोप आउनेमा विश्वस्त रहेको उहाँले बताउनुभएको छ ।
यसैगरी प्राथमिकताका आधारमा अग्रपङ्क्तिमा खटिने र राज्यले निर्धारण गरेको मापदण्डअनुसार अहिले खोप वितरण भइरहेकाले शिक्षकलगायत खोप नपाएका समूहलाई केही समय पर्खिन स्वास्थ्य मन्त्रालयको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।