कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढी पहिरोका कारण बस्ती जोखिममा

 असार १, २०७८ मंगलबार ११:५९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढी पहिरोका कारण बस्ती जोखिममा परेका छन् । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ को हाइजुङमा पहिरोका कारण ५०, ६० वटा घर जोखिममा परेकाे गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । लगातार परेको वर्षाका कारण पहिरो गएको उहाँले बताउनुभयो ।

पहिरोका कारण ज्ञानोदय आधारभूत विद्यालय पनि जोखिममा परेको छ । भिरालो जमिन भएका कारण पहिरो जाने क्रम नरोकिएको उहाँले बताउनुभयो । यस्तै, मोदी खोलामा आएको बाढीले यही गाउँपालिकाको वडा नम्बर ७ मा नदी आसपासका क्षेत्रमा रहेको बस्ती पनि जोखिममा परेको गाउँपालिकाका अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया