प्रतिनिधि सभा विघटन मुद्दा : सर्वाेच्च बारबाट घिमिरे र केसी एमिकस क्युरीमा सिफारिस

 असार १, २०७८ मंगलबार १७:१२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वाेच्च अदालत बार एसोसिएशनले वरिष्ठ अधिवक्ताहरु कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरी (अदालतका सहयोगी) का रुपमा सिफारिस गरेको छ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वाेच्च बारले घिमिरे र केसीको नाम सिफारिस गरेको हो । 

मङ्गलवार बसेको सर्वाेच्च बारको कार्यसमिति बैठकले कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीको नाम एमिकस क्युरीका रुपमा सिफारिस गरिएको बारका सचिव ऋषिराम घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । 

सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एसोसिएशन र सर्वाेच्च अदालत बार एसोसिएशनबाट दुईदुई जना एमिकस क्युरी माग गरेको थियो ।  

गएकाे जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यससम्बन्धी सर्वाेच्चमा परेकाे मुद्दा विचाराधीन छ ।  

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया