थप ४ हजारभन्दा धेरै काेराेनामुक्त, २ हजार ७ सय ४५ जनामा सङ्क्रमण पुष्टि

 असार १, २०७८ मंगलबार १७:४४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको २४ घण्टामा देशभर चार हजारभन्दा धेरै काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार एक सय ८७ जनाले कोरोनालाई जितेका छन् ।

आज सङ्क्रमणमुक्त भएकासँगै अहिलेसम्म नेपालमा पाँच लाख ४० हजार चार सय ३९ जना कोरोनामुक्त भएका छन् । नेपालमा अहिले सङ्क्रमण निको हुने दर ८८ दशमलव ३ प्रतिशत रहेको छ ।

यस्तै गएको २४ घण्टामा दुई हजार सात सय ४५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । सात हजार चार सय ४९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ८१ जनामा र पाँच हजार आठ सय ४१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा एक हजार ६४ जना गरी दुई हजार सात सय ४५ जनामा सङ्क्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । 

यस्तै गएको २४ घण्टामा थप ४१ जनाको काेराेना भाइरसकाे सङ्क्रमणबाट ज्यान गएको छ । याेसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या आठ हजार पाँच सय ६ पुगेकाे छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया