स्याङ्जाको भीरकोटमा जीप दुर्घटना, १ जनाको ज्यान गयाे, ६ गम्भीर घाइते

 असार २, २०७८ बुधबार १३:४:५८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको भीरकोटमा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

भीरकोटको बानेथोकबाट बयारघारी बजारका लागि छुटेको ग १ ज ४९४० नम्बरको जीप भीरकोट ४ कै सेन्थुम्का नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परि  घाइते भएका भीरकोट ३ का अन्दाजी ३६ वर्षका गणेशजंग अधिकारीको उपचारका क्रममा कालिका सामुदायिक अस्पताल हेलुमा ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै अन्य ६ जना घाइतेहरुको पनि हेलुमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा लगिँदै गरेको भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले जानकारी दिनुभयो । घाइतेहरु सबै भीरकोट ३ का हुन् । अविरल वर्षाका कारण बाटो चिप्लो हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया