मेलम्चीको चोटमा मलम लगाउँदै काठमाण्डौ महानगरपालिका, बाढी प्रभावितलाई २ करोड सहयोग गर्ने

 असार ३, २०७८ बिहिबार १४:३३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ । यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि दिइने मेयर विद्यासुन्दर शाक्यले बताउनुभएको छ ।

मेलम्चीले काठमाण्डाैलाई खानेपानी दिएकाले विपद् परेका बेलामा मेलम्चीलाई पनि सहयोग गर्नु आफ्नो कर्तव्य भएको उहाँले बताउनुभयो ।

यस्तै काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले पनि बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सहयोग गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको तर्फबाट मेलम्ची र हेलम्बुको विपद् राहत कोषमा १०/१० लाख रुपैयाँका दरले सहयोग गर्ने नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिनुभयो ।

यसैबीच काभ्रेको नमोबुद्ध नगरपालिकाले पनि मेलम्ची नगरपालिकालाई तीन लाख तीन हजार तीन सय ३३ रुपैयाँ सहयोग गर्ने मेयर टीपी तिमिल्सिनाले बताउनुभएकाे छ । सहयोग रकम र खाद्यान्नसहित राहत आज मेलम्ची पुगेर हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।  

 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया