कर्णाली नदीमा पानीको बहाव बढेपछि सतर्कता अपनाउन आग्रह

 असार ४, २०७८ शुक्रबार १९:३६:२५ | अमर सुनार
unn.prixa.net

दैलेख – तीन दिनदेखि लगातारको वर्षापछि कर्णाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै दैलेखको नदी छेउछाउका बस्तीहरूमा जोखिम बढेकाले स्थानीयवासीलाई सचेत रहन आग्रह गरिएकाे दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।

कर्णाली नदीको बहाव बढेपछि किनारमा रहेका राकम कर्णाली, टुनी बजार, रामाघाट र तल्लो डुंगेश्वर बजार जोखिममा परेको हाे ।  

जिल्ला प्रशासन कार्यालय दैलेखले कर्णालीलगायत अरू नदीमा समेत पानीको बहाव बढेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताउनुभयो । यसका लागि पालिकालाई तत्पर रहन भनिएकाे उहाँले जानकारी दिनुभयाे । 

बाढी र पहिरोबाट जनधनको क्षति कम गर्न पालिकाहरूले पनि पूर्वतयारी गरेको भैरवी गाउँपालिकाकी उपाध्यक्ष पदमकुमारी बिष्टले जानकारी दिनुभयो । यस्तै विपद् आउँदा उद्धार र पुनर्स्थापनाका लागि तालिम प्राप्त जनशक्ति र प्रहरी टाेलीलाई तयारी अवस्थामा राखिएको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया