क्लबहाउसमा नेपाल प्रहरीको फेक आइडी बनाउने २० वर्षका युवा पक्राउ

 असार ८, २०७८ मंगलबार १४:१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सामाजिक सञ्जाल क्लबहाउसमा नेपाल प्रहरीको लोगो, पोसाक र नाम प्रयोग गरेर फेक आईडी बनाउने एक जना पक्राउ परेका छन् ।

क्लब हाउसमा नेपाल पुलिस नामको सोसल रुम बनाएर प्रहरी अधिकृतको दर्ज्यानी चिह्न अङ्कित पोसाक तथा नामसहित बहस गरी प्रहरीको छवि धुमिल्याएको आरोपमा प्रहरीको साइबर ब्युरोले भक्तपुरको चाँगुनारायण नगरपालिका ६ का २० वर्षका ईशान लामिछानेलाई पक्राउ गरेको हो ।

अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया