फेवातालमा एक युवती मृत भेटिइन्

 भदौ ११, २०७५ सोमबार १२:११:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरामा १३ वर्षीया किशोरीको शव भेटिएको तीन दिन नबित्दै फेरि एक किशोरीको शव फेवातालमा फेला परेको छ । पोखराबाट बेपत्ता भएकी एक किशोरी फेवातालमा मृत फेला परेकी छिन् । 

कास्की पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया सुस्मिता लामिछाने मृत भेटिएकी हुन् । उनी आइतबार राति १२ बजेतिर फेवातालमा हामफालेको बताइएको छ । वेपत्ता भएकी उनको झोला र मोबाइल ड्यामसाइडकै फेवा किनारमा भेटिएको थियो । उनी छोरेपाटन उच्च माविको १० कक्षामा पढ्थिन् ।

नेपाल प्रहरीको रेस्क्यु टोलीले उनको शव निकालेको हो । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।
 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया