भन्सार छलेर २३ किलो सुन भित्र्याएको आराेपमा साढे १८ करोड रुपैयाँ बिगोसहित मुद्दा दायर

 असार १०, २०७८ बिहीबार १४:४७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भन्सार छलीको झन्डै २३ किलो सुन र गहनाको कारोबार गरेको आरोपमा दुई जनाविरुद्ध भन्सार राजस्व छलीको मुद्दा दायर भएको छ ।

भारतको रक्सौल स्थायी ठेगाना भइ पर्साको वीरगञ्ज महानगरपालिका रेशमकोठीमा बस्ने अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाले २२ हजार नौ सय ५७ ग्राम सुन र एक हजार ७८ ग्राम चाँदीको अवैध कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान विभागले उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ ।

उनीहरूबाट १८ करोड ६५ लाख दुई हजार बिगो असुल गरेर हदैसम्मको कैदको पनि माग गरिएको छ । भन्सार छलेर ल्याएको सुन र गरगहनाको अवैध कारोबार गरेर उनीहरूले राज्यलाई करोडौँ रुपैयाँ नोक्सानी पुर्‍याएकाे विभागको दाबी छ ।   

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया