चट्याङले लाग्दा स्याङ्जामा १५ वर्षीय किशोरको ज्यान गयो

 असार ११, २०७८ शुक्रबार १०:४९:१६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – चट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको ज्यान गएको छ । अर्जुनचौपारी गाउँपालिका वडा नम्वर २ घडेरीका पूर्णबहादुर गुरुङका छोरा रोहितको बिहान ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरमा सुतिरहेको बेला बिहान परेको चट्याङले लाग्दा रोहितको ज्यान गएको हो । मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङबाट करेन्ट लाग्दा ज्यान गएको हुन सक्ने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मोबाइल पुरै फुटेको अवस्थामा छ भने चार्जर समेत जलेको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया