तोकिएको भन्दा बढी भाडा लिने आठ जना काठमाण्डौबाट पक्राउ

 असार १६, २०७८ बुधबार १४:४२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने आठ जनालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौबाहिर जाने यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिइ ठगी गर्ने आठ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा दाङका सन्तोष दमाई, कुशलराम बस्नेत, गिमबहादुर गाहा मगर, रुपन्देहीका दीप नारायण थापा, कपिलवस्तुका शिवलाल घिमिरे र मोरङका युवराज ढकाल रहेका छन् । यस्तै उदयपुरका राकेश रसाइली र झनक बहादुर घिमिरेलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएकाे ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञाको समयमा यात्रुहरू ठगिन सक्ने हुँदा सम्भावित काउन्टरहरूमा निगरानी गर्ने, यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुसँग गोप्य रूपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरूलाई पक्राउ गरेर कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो । 

यसैबीच काठमाण्डाै उपत्यका बाहिरिने यात्रुहरूसँग भाडा लिइ यात्रु बाेक्ने ४७ वटा निजी नम्बर प्लेटका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको छ । निजी नम्बर प्लेटका गाडीहरूले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको पाइएपछि कारबाही गरेको महाशाखाले जनाएको छ ।

निजी कार, जीप, भ्यान लगायतका गाडीले भाडाका यात्रु बोक्न नपाइने भए पनि चर्को शुल्कमा यात्रु बोकेको गुनासो आएपछि प्रहरीले जाँचमा कडाइ गरेको छ ।   

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया