बाढीको जोखिमपछि मेलम्ची बजारलगायत तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

 असार १७, २०७८ बिहिबार ९:१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - लगातारको वर्षाका कारण सिन्धुपाल्चोकका केही नदी तथा खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको शर्माथांग, धाप र चौतारामा रहेको वर्षामापन केन्द्रले जिल्लामा मध्यमदेखि ठूलो पानी परेको मापन गरेको छ ।

अझै थप वर्षाको सम्भावना रहेकाले बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले मेलम्ची बजार लगायत तटीय क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ । गएको १ गते आएको बाढीले मेलम्ची लगायत हेलम्बु क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको थियो । अहिले पनि फेरि बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया