गोरखामा खोलाले बगाएर एक जनाको ज्यान गयाे

 असार १९, २०७८ शनिबार १५:१९:२० | किरण लोहनी
unn.prixa.net

गोरखा – खोलाले बगाएर गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर १ स्यामचेत बस्ने २६ वर्षका किरण लामाको ज्यान गएको छ । आज बिहान साढे ९ बजेतिर आरुघाट गाउँपालिका ३ सोतीमा रहेकाे खोला तर्ने क्रममा किरणलाई बगाएकाे हाे ।

बगेको ठाउँबाट २० मिटर तल अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि आरुघाट बजारको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको थियो । चिकित्सकले ११ बजे मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया