डलरको भाउ आज पनि बढ्यो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – जातीय भेदभाव तथा छुवाछुत गरेको भन्दै सञ्चारकर्मी रूपा सुनारले घरधनी सरस्वती प्रधान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको छ ।
दलित भएकै कारण कोठा भाडामा नदिएको र पक्राउ पर्नुभएकी घरधनीई प्रहरीबाट छुटाउन सरकारी गाडी लिएर जानुभएका शिक्षा मन्त्रीले छुवाछुत गरेको भन्दै रूपा सुनुवारले आज सर्वोच्चमा मुद्दा दर्ता गर्नुभएकाे हाे । मुद्दामा घरधनी सरस्वती प्रधान, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई विपक्षी बनाइएको छ ।
मुद्दामा जातीय भेदभाव तथा छुवाछुत गर्नेहरूलाई कारबाही तथा आफ्नो मौलिक हकको संरक्षणका लागि आदेश जारी गर्न माग गरिएको छ । यस्तै छुवाछुत गर्नेलाई संरक्षण गर्ने मन्त्री श्रेष्ठलाई पदबाट हटाएर जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव ऐनअनुसार कारबाही गर्न रिटमार्फत माग गरिएको छ ।
यस्ताे छ रिटकाे पूर्ण पाठ–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।