भेरोसेलको पहिलो खोप लगाएका सबैलाई भोलिदेखि दोस्रो डोज

 असार २१, २०७८ सोमबार ११:५३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले भोलिदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने भएका छन् । एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले खोप लगाउन पाउने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको सङ्ख्या झण्डै ५ लाख रहेको र यसअघि छुटेका समेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । भेरोसेलको पहिलो खोप लगाएका सबैले दोस्रो डोज लगाउन पाए पनि कोभिसिल्डको पहिलो खोप लगाएर दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकले कहिलेसम्म खोप पाउने भन्ने निश्चित भइसकेको छैन । पहिलो डोज लगाउँदा पनि धेरै सुरक्षित हुने भएकाले नआत्तिन डाक्टर गौतमले आग्रह गर्नुभएको छ ।

कोभिसिल्डको दोस्रो डोजको व्यवस्था गर्न सरकार लागिपरेको उहाँको भनाइ छ । यसैबीच चीनबाट खरिद गरेर ल्याइने खोप पनि उमेर समूहकै आधारमा लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयले असार २४ गतेदेखि खोप आपूर्ति सुरु भइ त्यसपछि साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति हुने यसअघि नै जानकारी दिइसकेको छ ।

खोपको निरन्तर आपूर्तिलगत्तै खोप अभियानलाई निरन्तरता दिने सरकारको तयारी छ ।  यसअघि अग्रपङ्क्तिमा खटिएका र ६० वर्षमाथिकालाई खोप लगाइसकेकाले अब ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखेर खोप दिने खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो ।

खोपबारे जानकारी समेटिएको कोरोना क्याप्सुल सुन्नुहोस् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया