बाजुरामा एक सयभन्दा धेरै परिवारको जङ्गलमा बास, अस्थायी टहरा बनाउने प्रक्रिया सुरु

 असार २१, २०७८ सोमबार ८:२१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाजुरा – बाजुराको हिमाली गाउँमा पहिरोले घर भत्कने जोखिम भएपछि एकसय भन्दा धेरै परिवार विस्थापित भएका छन् । गाउँ मुनिबाट खनेको सडकले बस्ती भासिएपछि दुई वडाका एक सयभन्दा धेरै परिवार दुई हप्तादेखि विस्थापित भएका हुन् ।

विस्थापित परिवारका लागि अस्थायी टहरा बनाउने प्रक्रिया सुरु भएको छ । अहिले अस्थायी पाल र राहत वितरण भैरहेको र केही दिनमै अस्थायी टहरा बनाइने गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले उज्यालोलाई जानकारी दिनुभयो । वडा नम्बर ४ को फैती गाउँका २७ र वडा नम्बर ५ को क्युडीका ९४ परिवार विस्थापित भएका उहाँले जानकारी दिनुभयो ।

गाउँका अरु केही घर पनि जोखिममा रहेको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो । विस्थापितहरु गाउँभन्दा झण्डै एकघण्टा टाढा पर्ने जोरगाउँ जंगलमा गएर बसेका छन् । उनीहरुलाई खानेकुरा र बस्ने ठाउँको अभाव छ । त्यहाँ उनीहरुमध्ये धेरैको आफ्नै जग्गा रहेको र केहीको भने आफ्नो जग्गा नरहेको मल्लले बताउनुभयो ।

उँपालिकाको सक्रियतामा दाल, चामल र पाल वितरण भए पनि सबैले नपाएको गुनासो गरेका छन् । कतिपयले कन्दमूल खाएर छाक टार्नुपरेको दुखेसो पोखेका छन् । सबै विस्थापितलाई खानेकुरा र बस्ने ठाउँको व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष मल्लले प्रतिबद्धता जनाउनुभएको छ । गाउँभन्दा तल बनाइएको सडकका कारण घरहरु भासिएको स्थानीयबासिन्दाले बताएका छन् ।

(फोटो: बिर्खराज पाण्डेको फेसबुकबाट)

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया