तीन दिनपछि खुल्यो सङ्खुवासभाकाे माम्लिङ–पिलुवा सडक

 असार २३, २०७८ बुधबार १९:२५:१९ | नवीन गुरुङ
unn.prixa.net

माम्लिङ–पिलुवा सडक खण्डमा पहिरो हटाइँदै । तस्बिर : नवीन गुरुङ/उज्यालो

सङ्खुुसभा – राष्ट्रिय गौरवको जोगमुनी—किमाथाङ्का कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिका–४ मा रहेको माम्लिङ–पिलुवा खोला सडक खण्ड तीन दिनपछि सञ्चालनमा आएको छ ।

पहिरो खसेर बन्द भएको सडक खण्डको पहिरो पन्छाएपछि बुधवार बेलुकी साढे पाँच बजेपछि दुवैतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख गौतमकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार एक्स्काभेटरले पहिरो पन्छाएर र ब्रेकरले ढुङ्गा फुटाएर सडक खोलिएको हो । बुधवार पानी पर्ने क्रम अलि रोकिएपछि पहिरो पन्छाउन र ढुङ्गा फुटाउन सहज भएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख श्रेष्ठको भनाइ छ । 

यता जोगमुनी—किमाथाङ्का कोशी राजमार्ग अन्तर्गत नै मकालु गाउँपालिकाको नुम—फ्याक्सिन्दा दोभान सडक खण्डको पहिरो भने अझै पन्छाउन नसकिएको उहाँले बताउनुभयो । 

अविरल वर्षाका कारण सोमवार कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको दुई ठाउँमा सडक खण्ड पहिरोका कारण बन्द भएको थियो । विराटनगर हुँदै धरान—धनकुटा भएर सङ्खुवासभामा भित्रिने कोशी राजमार्ग मुख्य सडक खण्ड हो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया