कपिलवस्तुकाे शिवराजमा एक वर्षमा १३ किमी कालोपत्र, २५ किमी ग्राभेल

 असार २५, २०७८ शुक्रबार १५:११:३ | रासस
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा नगरको १३ किलोमिटर सडकलाई कालोपत्र गरेको छ । ग्रामीण क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले धेरैजसाे सडक कालोपत्र गरेको छ । 

चुनावपछि सुरुको वर्षदेखि नै सडकलाई प्राथमिकता दिँदै हिलोमुक्त सडक बनाउन स्तरोन्नति गर्दै कालोपत्र गरिएको नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताउनुभयो । ‘प्रत्येक वर्ष १० किलोमिटरभन्दा बढी सडक कालोपत्र बनाएका छाैँ, गाउँ–गाउँ पुग्ने सडक कालोपत्र हुँदा नागरिकको आवतजावतमा सहज भएको छ’, अधिकारीले भन्नुभयो, ‘आउँदाे वर्ष पनि विभिन्न सडकलाई कालोपत्र बनाउने योजना अघि सारेका छौँ ।’

नगरपालिकाले एक वर्षमा २५ किलोमिटर सडकलाई स्तरोन्नति गर्दै ग्राभेल गरेको नगरपालिकाका सबइन्जिनयर नारायण बोहोराले बताउनुभयो । उहाँका अनुसार एक वर्षको अवधिमा तीन किलोमिटर सडक आरसीसी, सामुदायिक भवन, धर्मशाला, दुई किलोमिटर नाली र दुई वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ । 

निर्माण सम्पन्न भएका सडक अनुगमन गरिएको उपमेयर शिवकुमारी थारुले बताउनुभयो । ‘निर्माण काम सम्पन्न भएका धेरैजसाे सडक अनुगमन गरेका छौँ’, गुणस्तरीय काम भएको छ, थारुले भन्नुभयो, ‘सडकको गुणस्तरमा प्रश्न उठिरहेका बेला अनुगमनलाई प्रभावकारी बनाएका छौँ ।’

शिवराज नगरपालिका–१ उमरीदेखि वनकट्टासम्मको सडक कालोपत्रको काम ५० लाख रुपैयाँको लागतमा सम्पन्न भएको छ । त्यस्तै खरेन्द्रपुरदेखि धनगढवासम्मको सडक पनि यसै वर्ष कालोपत्र भएको छ । लामो समयदेखि वर्षाकाे समयमा सडक हिलाम्मे हुँदा आवतजावतमा समस्या भएकाले यस वर्ष यस सडक कालोपत्र गरिएको वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । 

त्यस्तै सोनवर्षीदेखि कटुवा, शिवराज–५ राष्ट्रिय माविदेखि रहटकोल जाने सडक कालोपत्र सम्पन्न भएको छ । एक वर्षभित्र सबै गाउँमा पुग्ने सडक कालोपत्र गर्ने योजना नगरपालिकाको रहेको छ । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया