बिहानदेखि बसेकाे एमाले कार्यदल बैठक अझै चल्दै

 असार २७, २०७८ आइतबार २०:३४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक झन्डै १० घण्टादेखि बसिरहेको छ । बिहान ११ बजे सिंहदरबारमा बसेको बैठक अझै सकिएको छैन ।

बैठकका बीच–बीचमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका नेताहरू ब्रिफिङका लागि दुई नेताकोमा जाँदै–फर्कँदै गरेका छन् ।

आज बिहानै सहमति हुने र एमालेका कार्यकर्ताले खुसीको खबर सुन्न पाउने बताएका नेताहरूले आज पनि सहमतिको खोजी गरिरहेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको विवाद चुलिँदै गएर पार्टी नै फुट्ने अवस्थामा पुगेपछि कार्यदल बनाएर विवाद समाधानको प्रयास भइरहेको छ ।  

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया