डलरको भाउ आज पनि बढ्यो
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौमा तरकारीको मूल्य दोब्बरले बढेको छ । बजारको आवश्यक्ता अनुसार तरकारी भित्रिरहे पनि भाउ दोब्बरले बढेको हो । बजारमा अहिले सबैजसो तरकारी किलोमा एक सय रुपैयाँभन्दा बढी छ । गएको जेठ महिनामा खुद्रामा किलोको ५० देखि ६० रुपैयाँ रहेको बन्दा अहिले १२० देखि १३० रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै अहिले बोडी र सिमीको भाउ बढेको छ ।
काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा यी तरकारीको मूल्य थोक एक सय रुपैयाँको हाराहारीमा पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज राज्मा सिमी किलोको ११० देखि १२० रुपैयाँ छ भने घिउसिमी किलोको ८० देखि ९० रुपैयाँ थोक मूल्य तोकिएको छ । यो भाउ खुद्रा बजारमा अझ दोब्बरले बढी हुन्छ ।
कोरोनाको जोखिमका कारण अहिले काठमाण्डौ उपत्यकाका प्राय सबै विद्यालय बन्द छन् । विद्यालयका होस्टेल तथा क्यान्टिन तथा होटल र रेस्टुरेन्ट पनि प्राय बन्द हुँदा तरकारीको माग त्यति धेरै छैन । बजारमा अहिले दैनिक ६ सयदेखि सात सय मेट्रिक टन तरकारी पनि भित्रिरहेको छ । तर, पनि मूल्य भने बढ्दै गएको छ ।
बर्खाको समय भएकाले तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो । वर्षाका कारण तयार हुँदै गरेका तरकारीमा नोक्सानी हुने र उत्पादन भएका तरकारी पनि ढुवानीका क्रममा बिग्रने गरेकाले भाउ बढेको उहाँको भनाइ छ । तर उपभोक्ताले भने भाउ बढ्नुमा यो मात्र कारण नभएको गुनासो गरेका छन् ।
प्रभावकारी अनुगमन नहुँदा व्यापारीले आफूखुशी मूल्य राखेर तरकारी बिक्री गर्ने गरेका उपभोक्ताको गुनासो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।