कतार एयरवेजको एजेन्ट्स अवार्ड नाइट २०१७–२०१८ सम्पन्न

 भदौ १२, २०७५ मंगलबार १८:३८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ‌ं –  कतार एयरवेजको एजेन्ट्स अवार्ड नाइट २०१७-२०१८ सोमबार साँझ र्‍याडिसन होटेलमा सम्पन्न भएको छ । 

कार्यक्रम मनाउने क्रममा कतार एयरवेजका साझेदार, उच्च पदाधिकारी वर्ग, भारतीय उप–महाद्वीपका वरिष्ठ प्रबन्धक नवीन चावला, नेपालका लागि स्थानीय प्रबन्धक जय प्रकाश नैर, नेपाल नागरिक उड्डयन प्राधिकरण एवं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सदस्यहरु तथा मिस नेपाल २०१८ को उपस्थिति रहेको थियो । 

कतार एयरवेजका नेपालका लागि स्थानीय प्रबन्धक जयप्रकाश नैर तथा भारतीय उप–महाद्वीपका वरिष्ठ प्रबन्धक नवीन चावलाले कार्यक्रममा विभिन्न विधामा ४ ट्रफी तथा १६ वटा प्रशंसा प्रमाणपत्रहरु प्रदान गर्नुभएको थियो ।   

कार्यक्रममा सर्वश्रेष्ठ ४ व्यापार साझेदारहरुलाई पुरस्कृत गरिएको थियो । प्रतिष्ठित प्लाटिनम अवार्ड २०१७–२०१८ ओशो वल्र्ड ट्राभल नेपालले हात पा¥यो भने स्वर्ण अवार्ड २०१७–२०१८ सुमेघ टुर एण्ड ट्राभल्सले, रजत अवार्ड २०१७–२०१८ यति ट्राभल्सले र बर्गन्डी अवार्ड २०१७–२०१८ सि लिंक्स ट्राभल एण्ड टुरले हात पारे ।   
 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया