अमेरिकाको कोलोराडोमा रोकिराखेको विमानमा आगलागी, सबै यात्रु...
चैत १, २०८१ शुक्रबार
काठमाडौं – सामाजिक अभियन्ता सावित्री सुवेदीको नेतृत्वमा जितेन बान्तवा, प्रकाश गौतम, दाबिन नोर्वु शेर्पा र हरि दुलालले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै मंगलबार सामूहिक केश मुण्डन गरेका छन् ।
बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा अधिकारकर्मीले मंगलबार रिपोर्टर्स क्लब नेपालमा सामूहिक कपाल मुण्डन गरेका हुन् । त्यस्तै उनीहरुले संविधान संशोेधन गरेर जघन्य खालका बलात्कारका घट्नामा बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग पनि रोखका छन्।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आफूहरुको दोस्रो चरणको विरोध आन्दोलन अनुरुप मंगलबार केश मुण्डन गरेको सुवेदीको भनाई छ ।
पाँच वर्षदेखि निरन्तर रुपमा बलात्कारीलाई मृत्यदण्डको माग राख्दै आएकी अधिकारकर्मी सुवेदीले सरकारलाई कर्तव्यवान र जिम्मेवार बनाउन आफूहरुले निरन्तर रुपमा सांकेतिक विरोधका कार्यक्रम गर्दै आएको बताईन् ।
उनले भनिन्, ‘सरकार जिम्मेवार छैन् । प्रशासन जिम्मेवार छैन् । पीडितले न्याय पाउनुपर्छ । अपराधीको पहिचान हुनुपर्छ । हाम्रो माग बलात्कारीलाई फाँसी दिनुपर्ने नै हो । तत्काल प्रहरीले अपराधी पक्राउ गरेर स्वास्थ्य परिक्षरण दोषी भेटिएमा गरी मृत्युदण्ड दिने हो भने यस्ता घटनाहरु कम हुनेछन् ।’
उनले अघि थपिन, ‘कञ्चनपुरकी निर्मला पन्तका हत्याराको नाममा निर्दोष मानिसलाई फसाएर दोषीलाई उन्मुक्ति दिने काम सरकारबाटै भएको छ । सरकारले शक्तिवालाको संरक्षण गर्छ । उच्च पद र धनीका छोरीहरु बलात्कारको सिकार हुँदैनन् । धनी र शक्तिवालाहरुले बलात्कार गर्छन् । त्यस्ता व्यक्तिहरुलाई सरकारले संरक्षण दिन्छ । अनि गरिब र पीडितले हाम्रो देशमा न्याय पाउन सक्छन् ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।