मेलम्ची संरक्षण र पुन:स्थापनामा पूर्व विद्यार्थी सक्रिय

 साउन ५, २०७८ मंगलबार ८:५५:२७ | किरण थापा
unn.prixa.net

फाइल फाेटाे

सिन्धुपाल्चोक - बाढीग्रस्त मेलम्ची संरक्षण र पुनःस्थापनामा  पूर्व विद्यार्थीहरू सक्रिय भएका छन् । बाढी पीडितको पुन:स्थापनामा स्थानीय सरकार मौन रहेको भन्दै उनीहरुले मेलम्ची संरक्षणमा जुटेका समूहलाई सक्दो सहयोग गर्ने बताएका छन् ।

इन्द्रेश्वरी उच्च मावि मेलम्चीको २०४९ सालको एसएलसी ब्याचले बाढीग्रस्त मेलम्चीलाई संरक्षण र पुन:स्थापनामा अहोरात्र काम गरिरहेको समूहलाई सहयोग गर्ने भएको हो । यसका लागि उनीहरूले कार्यतालिका नै बनाएका छन् ।

मेलम्चीलाई पुरानै अवस्थामा फर्काउन प्रभावकारी कार्यक्रम बनाउने पूर्व विद्यार्थी सागर श्रेष्ठले बताउनुभयो । मेलम्चीको पुनर्निर्माणमा काम गरिरहेको समुदायको प्रयासलाई प्रशंसा गर्दै आउँदो शनिवार मेलम्चीमा उपस्थित हुन उनीहरुले इन्द्रेश्वरी उच्च माविका २०४९ सालको एसएलसी ब्याचका सबै विद्यार्थीलाई आग्रह गरेका छन् ।

यस्तै, समिति बनाएर  मेलम्ची पुनर्निर्माणको सहयोगार्थ सङ्कलन भएको सम्पूर्ण रकमको कम्तीमा १० प्रतिशत रकम समितिको पूर्व विद्यार्थी सहयोग कोषमा जम्मा गर्ने उनीहरुले बताएका छन् ।

यस्तै, बाढी पहिरो प्रभावितका लागि केही पूर्व विद्यार्थीले सहयोग रकमको घोषणा पनि गरेका छन् ।

प्रतिबद्धता भएको रकम र नाम यसप्रकार छ ।
१, यमनाथ चालिसे, ५०,००० रुपैयाँ
२, राजकिशोर श्रेष्ठ,५०,००० रुपैयाँ
३, सागर कुमार श्रेष्ठ, ३०,००० रुपैयाँ
४, विदुर कंडेल, ३०,००० रुपैयाँ
५, धरेन श्रेष्ठ, २५,००० रुपैयाँ
६, नवराज गिरि, २०,००० रुपैयाँ
७, भिम्सेन सापकोटा, २०,००० रुपैयाँ
८, विनिता श्रेष्ठ, २५,००० रुपैयाँ
९, दमन कुमार श्रेष्ठ , २०,००० रुपैयाँ
१०, राजकुमार डंगोल,२०,००० रुपैयाँ
११, विश्नु लाल श्रेष्ठ, १५,००० रुपैयाँ
१२, रिकेश श्रेष्ठ, १५,००० रुपैयाँ
१३, मन्जु भट्टराई, १०,,००० रुपैयाँ
१४, भरत अधिकारी, १०,००० रुपैयाँ
१५, अर्बिन्द्र श्रेष्ठ,१०,००० रुपैयाँ
१६, प्रेम श्रेष्ठ, १०,००० रुपैयाँ
१७, मन्जु खड्का (इजरायल), १०,००० रुपैयाँ
१८, कुमार सापकोटा, १०,००० रुपैयाँ
१९, सुरेश श्रेष्ठ, ५,००० रुपैयाँ
२०, सावित्री खड्का ५,००० रुपैयाँ
२१, गोपिनी गिरि, ५,००० रुपैयाँ
२२, सरस्वती गिरि, ५,००० रुपैयाँ
२३, अशोक केसी, ५,००० रुपैयाँ
२४, रेनुका श्रेष्ठ, ५,००० रुपैयाँ

अन्तिम अपडेट: फागुन ३०, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया