यातायात व्यवसायीको र्‍यालीले काटेश्वरदेखि सानेपासम्मै जाम, यात्रु मर्कामा

 साउन ७, २०७८ बिहीबार ११:४२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – यातायात व्यवसायीले गाडीसहित निकालेको र्‍यालीले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै उनीहरुले चक्रपथमा र्‍याली निकालेका छन् । र्‍यालीका कारण काटेश्वरदेखि सानेपासम्म नै जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकाका भित्रि सडकमा भने जाम छैन ।

कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई राहतको व्यवस्था तथा गाडीको बिमा, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप लगायतका माग उनीहरुले राखेका छन् । उनीहरुले एकान्तकुनामा रहेको यातायात कार्यालय घेराउ गर्ने बताएका छन् । व्यवसायीको विरोध र्‍यालीका कारण यात्रु भने समस्यामा परेका छन् ।

अन्तिम अपडेट: भदौ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया