पीएल सिंहको निधनको शोकमा कांग्रेसले तीन दिनसम्म झण्डा आधा झु...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्षसमेत रहनुभएका एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाउनुभएकाे छ ।
प्रतिनिधि सभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरूलाई भन्दा नेम्वाङलाई बढी थाहा भए पनि उहाँले त्यसको व्याख्या गलत ढङ्गले गरेको तर्क गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘विपक्षी दलका नेता हुनुहुन्न । पूर्व सभामुख नेम्वाङ पनि आफूले बोलेको जवाफ नसुनी हिँड्नु भयो । त्यो संविधानमा ७५ (५) किन लेख्नुभयो ? भनी प्रश्न सोध्नेवाला थिए । उहाँ सभामुख हुनुहुन्थ्यो । संविधान जारी गर्ने बेला के बोल्नुभएको थियो भने– अब कहिल्यै पनि पार्लियामेन्ट भङ्ग हुने छैन । म उहाँले बोल्नुभएको कुरा आज स्मरण गराउन चाहन्छु । यी सबै कुरा सभामुख नेम्वाङले स्पष्ट पार्नुपर्नेमा उल्टो व्याख्या गरेर जानुभयो ।’
प्रधानमन्त्री देउवाले एमाले उपनेता नेम्वाङले आफूले विश्वासको मत लिने बेला पार्टीका सांसदलाई ह्विप नलगाएको दाबीसमेत गर्नुभयो । ‘पार्टीको पक्षमा मतदान गर्न मैले एमालेलगायतका सबै दललाई अनुरोध गरेको हुँ’ , उहाँले भन्नुभयो, ‘तर नेम्वाङले अनुरोध गरेको कुरालाई ह्विप भनेर उल्टो कुरा गर्नुभयो ।’
देउवाले ठूलो सङ्ख्याका सांसदको साथ पाएर प्रधानमन्त्री बनेकोमा उहाँहरूलाई धन्यवादसमेत दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।