लुम्बिनीमा जग्गा व्यवस्थापनको काम अगाडि बढ्यो

 पुष १, २०८१ सोमबार १२:५५:२ | रासस
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रको जग्गा व्यवस्थापनको काम अघि बढेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार चालू वर्षमा शीतगङ्गा नगरपालिका र गढवा गाउँपालिकाको क्षेत्रमा काम गर्ने गरी तयारी गरिएको छ ।

प्रादेशिक राजधानी निर्माणको विस्तृत योजना (डीपीआर) तयार भएको छ । आधुनिक शहर निर्माणका लागि पाँच वर्षमा २५ अर्ब रुपैयाँको परियोजना तयार पारिएको हो । पहिलो चरणमा पाँच वर्षभित्र २५ अर्ब रुपैयाँमा काम गरिने गरी डीपीआर तयार भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोख्रेलले बताउनुभयो ।

यसैबीच जग्गा व्यवस्थापनको काम नहुँदा जग्गा कित्ताकाट रोकिएको छ । लामो समय जग्गा फुकुवा नहुँदा समस्या थियो । जग्गा किनबेच रोकिएको थियो भने बैंकको ऋण लिनसमेत समस्या हुने गरेको जग्गा एकीकरण परियोजनाका पूर्वअध्यक्ष श्यामेस चौधरीले बताउनुभयो । अहिले जग्गा फुकुवा भए पनि कित्ताकाट भने रोकिएको छ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया