पश्चिम सेती जलविद्युत आयोजनाबाट थ्री गर्जेजले हात झिक्ने संकेत

 भदौ १३, २०७५ बुधबार १७:४१:३३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं –  चिनियाँ कम्पनी थ्री गर्जेजले तत्काल पश्चिम सेती जलविद्युत आयोजना कार्यान्वयन अघि बढाउन नसक्ने जनाएको छ । 

हिजो र आजको बैठकमा उसले प्राविधिक समस्या, पीपीए, पुनर्वास ,पुन:स्थापनालगायतका कारण आयोजना आर्थिक रुपले सम्भाव्य नरहेको जानकारी दिएको छ । लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीका अनुसार उनीहरुले ट्रान्समिसन लगायतका विषयमा पनि काम गर्न नसकिने जनाएका थिए । अब थ्री गर्जेजलाई नै आयोजना दिने वा सम्झौता तोड्ने निर्णय बोर्ड बैठकले नै गर्ने उहाँले जानकारी दिनुभयो ।

आयोजनाको बिजुली किन्दा नेपाल विद्युत प्राधिकरणले दिने दर कम भएको, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको पुनर्वास र मुआब्जा लगायतका प्राविधिक कारण देखाउँदै उसले आयोजना तत्काल संभव नभएको बताएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरणले जलाशययुक्त आयोजनाको बिजुलीको दर हिउँदमा प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र वर्षायाममा ७ रुपैयाँ १० पैसा तोकेको छ । यो रकम कम भएको थ्री गर्जेजको भनाइ छ । नेपाल विद्युत प्राधिकरण र थ्री गर्जेजको संयुक्त लगानीमा यो आयोजना बनाउने सहमति भएको थियो । 

अब यो प्रोजेक्ट कसरी अघि बढाउने भन्ने विषय बोर्डमै लैजाने तयारी भएको अधिकारीले जानकारी दिनुभयो । नेपाली टोलीले वार्तामा ७५० मेगावाट क्षमतालाई ६०० मेगावाटमा झारेर भए पनि तत्काल काम अघि बढाउन आग्रह गरेको थियो, तर उनीहरुले तत्काल सम्भव नभएको बताएका छन ।

याे पनि पढ्नुहाेस् 

पश्चिम सेती जलविद्युत आयोजना विद्युत प्राधिकरण र चीनको थ्री गर्जेज कम्पनीले बनाउने

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया