अस्पतालमा पूर्वाधारको व्यवस्था गर्न र नाकाहरुमा परीक्षण बढाउन विज्ञको सुझाव

 साउन १४, २०७८ बिहिबार ७:२३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना सङ्क्रमण फेरि बढ्न थालेकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन्। आमनागरिकले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न तथा सरकारले अस्पतालहरुमा भौतिक पूर्वाधार, परीक्षण तथा जनचेतना बढाउनुपर्ने विज्ञहरुको सुझाव छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवं जनस्वास्थ्यविद् डाक्टर वासुदेव पाण्डेकाअनुसार सम्भावित तेस्रो लहरको जोखिम नियन्त्रणको लागि अहिलेको तयारी अपर्याप्त छ । 

स्राेत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अस्पतालहरुमा अक्सिजनलगायत अरु पूर्वाधारको व्यवस्थासँगै नाकाहरुमा परीक्षण बढाउन र खोप अभियानलाई व्यापक बनाउन उहाँको सल्लाह छ । निषेधाज्ञा खुकुलो भएसँगै लापर्बाही भएकाले पनि सङ्क्रमण बढेको भन्दै विज्ञहरुले मास्क लगाउने, भौतिक दूरी पालना गर्ने तथा साबुनपानीले हात धुने लगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सुझाव दिएका छन् । 

खोप अभियान चलिरहेकै बेला पछिल्लो एक हप्तामा सङ्क्रमणदर २४ दशमलव २ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विज्ञहरुकाअनुसार एक सङ्क्रमितले एक वा त्योभन्दा बढीलाई कोरोना सारे त्यसको लहर बढ्दै जान्छ । 

सङ्क्रमणलाई सङ्क्रमित व्यक्तिमा सीमित राख्न सके मात्र सङ्क्रमण घट्ने हुन्छ । खोप जतिसक्यो चाँडै लगाउन विज्ञको सुझाव छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म  ८८ लाख ८२ हजार डोज खोप प्राप्त भएको छ । 

३५ लाख ४४ हजारभन्दा धेरैले एक डोज र १५ लाख  ३ हजारभन्दा धेरैले पूर्ण डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ । मन्त्रालयले उच्च प्राथमिकताका साथ खोप अभियान अघि बढाइएको जनाएको छ। 

यससँग सम्बन्धित जानकारी समेटिएकाे काेराेना क्याप्सुल सुन्नुहाेस् । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया