बिजुलीकाे खम्बा चाेरी गर्ने सात जना पक्राउ

 साउन १८, २०७८ सोमबार १५:५८:८ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मकवानपुर – मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको बिजुलीकाे खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले वाग्मती–४ झुरझुरेमा रहेकाे धरान–चतरा सडक खण्डबाट स्टिल ट्युवलर विद्युतीय खम्बासहित पक्राउ गरिएको बताइएको छ ।

वडा नं १ हात्तीटुगेकाे बाटो छेउमा रहेको ग्रीड सोलार इन्जिन इफिसेन्सी आयोजनाकाे स्टिल ट्युवलर विद्युतीय खम्बासहित उनीहरूलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मे१ख १५०५ नम्बरको ट्रकमा स्टिल खम्बा लोड गरी झुरझुरेतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ट्रक र चोरीमा संलग्न सातै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । साथै उनीहरूका साथबाट नम्बर नखुलेको एक थान मोटरसाइकलसमेत फेला परेको छ । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देवपुर नगरपालिका १ का जयराम सापकोटा, उदयपुर घर भइ भक्तपुरको मध्यपुरथिमि नगरपालिका ७ का हरि नेपाल, मकवानपुरको वाग्मती ७ का ३० वर्षीय सुरेश लामा, त्यही ठाउँ बस्ने उमेश लामा, रौतहटको चन्द्रपुर नगरपालिका ३ का धनबहादुर लामा र देव पौडेल रहेका प्रहरीले जनाएको छ ।   

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया