कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
दाङ – दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी आज साेमवार साढे दुई लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुट्नुभएको छ । देउखुरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दाङ जिल्ला अदालतले तोकेको धरौटी बुझाएर उहाँ तारेखमा छुट्नुभएको हो ।
जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले गाउँपालिकाका अध्यक्ष अदालतले तोकेको धरौटी बुझाएर धरौटीमा रिहा हुनुभएको जानकारी दिनुभयो । सहकारीको पाँच करोड रुपैयाँ हिनामिना प्रकरणमा जिल्ला अदालतले २५ प्रतिवादीमध्ये सोमवार गरेको यो पहिलो कारबाही हो ।
सहकारीका सदस्यहरूले पाँच करोड बढी रकम हिनामिना गरेको अभियोगसहित गाउँपालिकाका अध्यक्ष सुवेदीसहित २५ जनाविरुद्ध मुद्दा दर्ता गराएका थिए । त्यसैका आधारमा जिल्ला अदालत दाङले गाउँपालिकाका अध्यक्षसहित २० जनाविरुद्ध ३५ दिने म्यादसहित पक्राउ पुर्जी जारी गरेको थियो । सोमवार घोराहीमा रहेकाे जिल्ला अदालतमा आफैँ उपस्थित हुनुभएका गाउँपालिकाका अध्यक्षसँग अदालतले साढे दुई लाख रुपैयाँ धरौटी मागेको थियो ।
यसअघि नै सहकारी संस्थाका सह–लेखापाल २९ वर्षीय विक्रम राना, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपानेलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
रकम हिनामिनाको आरोपितमध्ये कमला पौडेल, युवराज भुसाल, राम पोखरेललगायत सहकारी संस्थाका पदाधिकारी, लेखा परीक्षक, सञ्चालक समितिका पदाधिकारीसहित १९ जना अझैँ अदालतमा उपस्थित भएका छैनन् । उनीहरू अझै फरारको सूचीमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।