सिद्धबाबामा ढुङ्गाले लागेर जीपका सहचालकको ज्यान गयाे

 साउन १९, २०७८ मंगलबार १०:५१:४३ | रासस
unn.prixa.net

पाल्पा - पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर जीपका सहचालकको ज्यान गएकाे छ । 

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ७३८७ नंको पिकअप जीपमा हिजाे राति माथिबाट एक्कासि खसेको ढुङ्गा लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिष खाँणको ज्यान गएकाे हाे ।  

घाइते सहचालक खाँणलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । 

जीप चालक चापाकोट नगरपालिका–५ बस्ने डिलु थापा घाइते हुनुभएकाे छ । प्रहरीका अनुसार उहाँको अवस्था सामान्य रहेको बुझिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया