दाङबाट रोल्पा हुँदै डोल्पा पुग्ने सडकमा कतै खाल्डाे, कतै कालाेपत्र नै देखिँदैन

 साउन १९, २०७८ मंगलबार १९:९:१५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – कालोपत्र भएको तीन वर्ष नपुग्दै शहीद मार्ग अन्तर्गतकाे दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै डाेल्पासम्मको सडक हिलाम्मे भएको छ । कालोपत्र गरिएको सडकमै ठूला–ठूला खाडल बनेका छन् भने धेरैजसाे ठाउँमा कालोपत्र नै देखिँदैन । 'ओभरलोड' भएका टिपरकै कारण सडक छिया छिया भएको स्थानीयवासीकाे गुनासो छ । 

दाङबाट रोल्पा हुँदै कर्णाली प्रदेशको डोल्पा पुग्ने शहीद मार्ग जनयुद्धको समयमा तत्कालीन माओवादीले श्रम शिविरमार्फत निर्माण सुरु गरेको यो सडक माओवादी सरकारमा गएसँगै सडक विस्तार र कालोपत्रको योजना अगाडि बढेको थियो ।

२०७५ सालमा कालोपत्र सकिएको एक वर्ष नपुग्दै यो सडकको घोराही–होलेरी खण्डमा कालोपत्र उप्किएर खाडल बन्न थालेको हो । अहिले घोराही उपमहानगरको बगालेदेखि रोल्पाको होलेरीसम्मका नागरिक सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।

एक्जिम बैंक अफ इन्डियाको सहयोगमा ४० करोड रुपैयाँको लागतमा ३१ किलोमिटर सडक कालोपत्र गरिएको हो । सडकको भारवहन क्षमताभन्दा धेरै क्षमताका गाडी चल्नु र निर्माण व्यवसायीले कमसल सामग्री प्रयोग गर्दा कालोपत्र एक वर्ष नपुग्दै उप्किन थालेकाे स्थानीयवासीको गुनासो छ ।

यो सडकमा दाङमा रहेका दुई वटा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने दैनिक दुई सयभन्दा धेरै टिपर  गुड्ने गरेका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया