विभिन्न माग राख्दै विद्यार्थीले गरे जलजला क्याम्पसमा तालाबन्दी

 साउन २०, २०७८ बुधबार १०:५४:४९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको रोल्पाको जलजला बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका छन् ।

विषयगत प्राध्यापक तथा आवश्यक कर्मचारीको व्यवस्था हुनुपर्ने, छात्रवृत्ति वितरण, कोरोनाको अवधिमा लिइएको शुल्क फिर्ता हुनुपर्ने लगायतका ८ बँदे माग राख्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । क्याम्पस प्रशासनमा यसअघि पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको साझा विद्यार्थी मञ्चका संयोजक योगेन्द्र अनुपम जिसीले जानकारी दिनुभयो ।

यस्तै विश्वविद्यालय सुधारका लागि ३६ बुँदे माग राख्दै विश्व विद्यालयको सबै क्याम्पसहरुमा विद्यार्थीहरुले आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया