रोल्पामा शिक्षकलाई तलब खुवाउन विद्यालयमा अदुवा खेती

 साउन २६, २०७८ मंगलबार १३:०:२३ | माधवकुमार ओली
unn.prixa.net

राेल्पा - निजी स्रोतका शिक्षकलाई तलब दिन रोल्पाको एउटा विद्यालयले अदुवा खेती सुरु गरेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले अदुवा र केही फलफूलका विरुवा लगाएको छ ।

विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई तलब खुवाउन अभिभावकबाट सहयोग उठाउँदै आएको विद्यालयले आफ्नै आय स्रोतबाट तलब खुवाउने उद्देश्यले खेती सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर ओलीले बताउनुभयो । विद्यालयको आम्दानी बढाउन थप खेती विस्तार गर्ने योजना रहेको पनि अध्यक्ष ओलीको भनाइ छ ।

विद्यालयको आम्दानी बढाउन सुरु गरिएको तरकारी र फलफूल खेतीमा अभिभावकले पनि सहयोग गर्दै आएका छन् । सदरमुकाम नजिकै रहेको यो विद्यालयमा अहिले ९० जना बालबालिकाले अध्ययन गरिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया