ठेकेदारको लापर्बाहीले रोल्पा अस्पताल भवन निर्माणमा ढिलाइ

 साउन २७, २०७८ बुधबार १३:१६:४५ | माधवकुमार ओली
unn.prixa.net

राेल्पा – ठेकेदारको लापरबाहीका कारण रोल्पा अस्पतालको भवन निर्माणमा ढिलाइ भएको छ । २०७७ असोजमै बनिसक्नुपर्ने अस्पतालको भवन अहिलेसम्म पनि बनेको छैन ।  १५ शय्याको रोल्पा अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गर्ने तयारी भए पनि भवनको अभाव छ ।

भवन बनाउन पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले विभिन्न बहाना देखाएर काममा ढिलाइ गर्दा अस्पतालको सेवामा समस्या हुँदै आएको छ । भवन अभावका कारण पार्किङ स्थललाई समेत वार्डको रुपमा प्रयोग गर्नुपर्ने बाध्यता रहेको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. प्रतिभा सुवेदीले बताउनुभयो ।

भवन निर्माण विभागले पनि कारबाही गर्नुको साटो पटक–पटक म्याद थप गर्दै आएको छ । अहिलेकै गतिमा निर्माण भए अझै दुई वर्षसम्म पनि सम्पन्न हुने अवस्था नभएको भन्दै ठेकेदारलाई दबाव दिन सरोकारवालासँग अस्पतालले आग्रह गरेको छ ।

२९ करोड ५१ लाख २२ हजार रुपैयाँको लागतमा अस्पताल भवन निर्माणको जिम्मा २०७५ साल असोजमा श्री जयन्ती निर्माण कम्पनीले पाएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया