कैलालीकाे भासु भिरबाट जीप खस्दा दुई जनाकाे ज्यान गयाे, तीन जना घाइते

 साउन २७, २०७८ बुधबार २०:४४:४० | सीताराम ओझा
unn.prixa.net

फाइल फाेटाे

कैलाली – कैलालीको भासु भिरबाट जीप खस्दा दुई जनाकाे ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । धनगढीदेखि गइरहेकाे प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरकाे जीप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएकाे छ । 

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उपचारका लागि अस्पताल ल्याउँदै गर्दा दुई जनाको ज्यान गएकाे हाे । ज्यान गुमाउनेमा कैलालीको चुरे गाउँपालिका ६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका १ की पाँच वर्षीया एलिसा खड्का रहेका छन् । यस्तै दुर्घटनामा जोरायल १ का जीप चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे गाउँपालिका ६ का सुशील साउँद घाइते भएका छन् ।  

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जीप सडकबाट झन्डै तीन सय मिटर तल खसेको जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया